काठमाडौं । राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभ प्रयोग गरेकी युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एक चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवनको नारायणी नगरपालिका-४ का २५ वर्षीय प्रबिन बराल रहेका छन्।
उनलाई मंगलबार काठमाडौंबाट पक्राउ गरिएको हाे । ती युवतीलाई अनलाइनमार्फत यौन दुर्व्यवहारजन्य सन्देश पठाएको उनीमाथि आरोप छ।
इनड्राइभ प्रयोग गरेकी युवतीले आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै दिएको उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका चालकलाई अहिले काठमाडौं प्रहरी परिसरमा राखेर थप अनुसन्धान भइरहेको छ।







प्रतिक्रिया