७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ठूलो परिमाणको शंकास्पद पदार्थसहित चिनियाँ पक्राउ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो बढी शंकास्पद पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्। क्याथे प्यासेफिक एयरबाट हङकङ जान लागेका ती चिनियाँ नागरिक पक्राउ परेको विमानस्थल प्रहरीले जानकारी दिएको छ। उनको साथबाट सो परिमाणको पदार्थ बरामद गरिएको हो।

उक्त पदार्थ के भन्नेबारेमा प्रहरीको विधिविज्ञान प्रयोगशालाले अनुसन्धान गरिरहेको छ। विमानस्थल प्रहरीले बरामद गरेको शंकास्पद पदार्थसहित चिनियाँ नागरिकलाई लागुऔषध नियन्त्रण व्युरोमा पठाएको छ।

प्रहरीले लागुऔषध कारोबारीको आशंकामा ती चिनियाँ नागरिकलाई पक्राउ गरेको हो। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ३ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।