५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बैंकिङ कसुर मुद्दाः सूर्यविनायकका सुदर्शन पौडेल पक्राउ



काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दक्षिणकाली नगरपालिका- ७ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-९ बस्ने ४५ वर्षीय सुदर्शन पौडेललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-१७ ग्वार्कोबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ११ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।