काठमाडौं । चन्द्रागिरी नगरपालिकाको २ नम्बर वडाका वडाध्यक्ष भाइकृष्ण तामाङ भ्रष्टाचार आरोपमा दोषी ठहर भएका छन् । उद्योेगको ठाउँसारीका लागि सिफारिस गर्न ४ लाख घुस लिएको आरोपमा मुद्दा लागेका महर्जनलाई विशेष अदालतले दोषी ठहर गरेको छ ।
विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले तामाङलाई ६ महिना कैद र ४ लाख बिगो कायम गरी त्यति नै जरिवाना हुने फैसला गरेको छ ।
वडाध्यक्ष तामाङले ललितपुर महानगरपालिका–२२ नख्खुमा रहेको पी थ्री प्रोडक्टस् तथा भिष्ठा आइकोनिक प्रोडक्सन प्रालिको स्थानान्तरण गरी चन्द्रागिरी–२ वसुन्डोलमा ठाउँसारी गर्न र विद्युत् जडान समेतको सिफारिस लिनका लागि बिचौलियामार्फत घुस मागेको आरोप थियो । उनले त्यही वडाका ध्रुवबहादुर कडायतमार्फत २ लाख रुपैयाँ नगद र २ लाखको चेक लिएको उजुरीपछि अख्तियारले गत असार २० गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।







प्रतिक्रिया