२९ बैशाख २०८३, मंगलबार | Wed May 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मकवानपुरमा भिरबाट ७० मिटर तल खसेका युवकको मृत्यु



काठमाडौं । मकवानपुरमा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ। राक्सिराङ गाउँपालिका–४ जैसिङतालस्थित करङभिरबाट लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

पैदल हिँडिरहेको अवस्थामा अचानक भिडबाट लडेर पर्साको पटेर्वा सुगौली गाउँपालिका–३ ठूलोदेवली निवासी ४२ वर्षीय राजकपुर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

सडक छेउमा रहेको भिडबाट ७० मिटर तल खस्दा गम्भीर घाइते भएका चौधरीको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  १ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।