६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


लिपिङको जंगलमा लागेको आगो निभाइयो



काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ को लिपिङको जंगलमा लागेको आगो निभाइएको छ। गत शुक्रबारदेखि लिपिङको जंगलमा ठूलो आगलागी भएको थियो।

आगो निभाउन आइतबार बिहानबाट सिम्रिक हेलिकोप्टर परिचालन गरिएको थियो। नेपालमा सिम्रिक हेलिकोप्टरसँग मात्रै भएको बम्बी बकेटको सहयोगले आगो निभाइएको हो।

आगो निभाउन सिम्रिक हेलिकोप्टरका क्याप्टेन सिद्धार्थ जंग गुरुङ र कप्तान हरेराम थापाको नेतृत्वमा एक टोली खटाइएको थियो। हेलिकोप्टरले स्थानीय प्रहरी र भोटेकोशी गाउँपालिकासँगको समन्वयमा आगो नियन्त्रण गरेको हो।

 

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ४ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।