ललितखबर/चापागाँउ
लामो समयदेखि ललितपुरको ग्वार्को सडकमा निर्माणाधिन फ्लाईओभर अलपत्र छ ।
फ्लाई ओभर डिजाइन अनुसार निर्माण नभएको र पुर्ननिर्माण गर्नुपर्ने देखिएपछि ठेकेदार कम्पनीले काम छोडेर बसेको हो ।

गत १० पुस हर्जना तिरेर काम सुचारु गर्ने अनुमती पाएको भए पनि कम्पनीले काम सुरु गरेको छैन ।

निर्धारित समयमा काम पुरा नभएपछि यस सडक प्रयोग गर्ने लाखौं यात्रुलाई सास्ती छ ।

बीच सडकमा संरचना बनाएर ढाकेपछि साँधुरो सडकमा दैनिक हजारौं सवारी साधन जाममा फस्ने गरेका छन् ।
अन्तिम समयमा आएर आजबाट काम सुरु गर्ने तयारी गरिएको बुझिएको छ ।
लेन्स : ललितखबर









प्रतिक्रिया