१४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


आजपनि ह्वात्तै बढ्यो सुनको भाउ



काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला २२ सय रुपैयाँले बढेको छ। मंगलबार १९ सय रुपैयाँले बढेको सुनको भाउ बुधबार २२ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन एक लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाला सुन एक लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै बुधबार चाँदी १ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी १ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ११ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।