२६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


राइस कुकर बनाउने बहानामा सम्पर्कमा आएकी युवती ‘हनी ट्रयाप’ मा संलग्न पक्राउ



काठमाडौं । ‘हनी ट्रयाप’ मा संलग्न एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । राइस कुकर बनाउने बहानामा सम्पर्क गरी ‘हनी ट्रयाप’ गरेको आरोपमा चितवन घर भई हाल काठमाडौँ महानगरपालिका–१३ कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्यलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले जनाएको छ ।

प्रहरीका अनुसार राइस कुकर बनाउने बहानामा पटक पटक मोबाइलमा सम्पर्क गरी माग गरे अनुसारको रकम नदिए जबरजस्ती करणी मुद्दामा फसाई दिन्छु र प्रहरी तथा परिवारमा समेत भनी दिन्छु भनी धाक धम्की, डर त्रास देखाई पीडितलाई दश लाख दिन बाध्य बनाइ सो रकम मध्ये तिन लाख चेक मार्फत अहिले दिने र सात लाख रकम एक हप्तामा दिने सर्तमा मोलमोलाइ भएको खुलेको छ ।

आचार्यलाई कुलेश्वरबाट पक्राउ गरी आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  ७ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।