५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंका यी ठाउँमा आजदेखि चार दिन ५ घण्टा विद्युत् अबरुद्ध



काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अबका चार दिन दैनिक पाँच घण्टाका दरले विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार आज बल्खु चोकदेखि चोभार गेटसम्मका क्षेत्रमा बिजुली अवरुद्ध हुनेछ । प्राधिकरणका अनुसार बिहान ११ देखि अपराह्न ४ बजेसम्म विद्युत् सेवा बन्द हुनेछ ।

माघ २७ गते जोरपाटी वितरण केन्द्रअन्तर्गत बाबा चोकदेखि क्रिकेट स्टेडियमसम्मका क्षेत्र, माघ २८ गते गौशाला चोकदेखि पुरानो बानेश्वरसम्मका क्षेत्र र माघ २९ गते रातोपुलदेखि गौशालासम्मका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

विद्युत् लाइन भूमिगत गर्ने कार्यका निम्ति बिजुली आपूर्ति बन्द गरिने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  १० : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।