६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


दक्षिण ललितपुरको प्युटारमा बोलेरो दुर्घटना, दुई जना गम्भिर घाइते, पाटन अस्पताल लगियो



चापागाँउ
दक्षिण ललितपुरको प्युटारमा बोलेरो दुर्घटना हुँदा दुईजान घाइते भएका छन् ।
आश्राङ प्रहरी चौकीमा कार्यरत उक प्रहरीका अनुसार प्युटारको गडिभन्ज्याङ खण्डमा भएको दुर्घटनामा गोर्खा घर भई काठमाडौं जोरपाटी बस्ने(सवारी धनी) बिष्णु सुनार र चालक काभ्रे देउराली घर हुने सन्जिप उप्रेती गम्भीर घाइते भएका छन् ।
दुर्घटनापछि स्थानीय र सुरक्षाकर्मीले उद्दार गरेर प्युटारस्थित थाङ्सिङटार हस्पिटलमा उपचार गरिएको छ । दुबै घाइतेलाई अस्पतालले पाटन अस्पताल रिफर गरे पछि दुबैलाई भर्खरै त्यसतर्फ लगिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  २ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।