काठमाडौं । दक्षिकालीमा स्कुल बस दुर्घटना हुँदा विद्यार्थीसहित दुई जनाको मृत्यु भएको छ । दक्षिणकाली नगरपालिका –३ स्थित भन्ज्याङमा विद्यालयबाट विद्यार्थी बोकेर फर्कदै गरेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ४३ जना घाइते भएको प्रहरीले जनाएको छ ।
मृत्य हुनेमा ८ वर्षीय बिपिन श्रेष्ठ र ३५ बर्षीय राधाकृष्ण मगर रहेका छन् । बिपिन विद्यार्थी हुन् भने राधाकृष्ण बसका चालक हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार दुर्घटनामा परेको बस भन्ज्याङस्थित जुनकिरी ईङलिस बोर्डिङ स्कुलको बा १ क ५६६४ नं. को हो । बसमा प्ले ग्रुपदेखि कक्षा ५ सम्मका विद्यार्थी र शिक्षकसहित ४५ यात्रु सवार थिए । बसले अचानक नियन्त्रण गुमाउँदा सडक भन्दा १५० मिटर तल खसेको प्रहरीको भनाई छ ।
घटना सम्बन्धमा काठमाडौं परिसरका प्रवक्ता एसपी अपिल बोहराले भने,‘जनुकिरी बोर्डिङ स्कुलको बस र्दुघटना भएको छ । विद्यार्थीसहति दुई जनाको मृत्यु भएको छ । ४३ जना घाइते भएकोमा ३६ जनाको उपचार भइरहेको छ भने सात जनाको डिस्चार्ज भएको छ ।’
प्रहरीका अनुसार मनमोहन अस्पतालमा उपचार गरिएका सुशन तामाङ डिस्चार्ज भइसकेका छन् भने अनुस्का मानन्धर, आरुष मानन्धर, रियाना तामाङ र साहारा श्रेष्ठको अवस्था सामान्य छ । त्यस्तै, घाइते भएको निकुल श्रेष्ठ, सान्वि श्रेष्ठ, सकुसल श्रेष्ठ, आरोशी मिश्रा र गञ्जन रम्तेलको कीर्तिपुर अस्पतालमा उपचार भइरहको छ ।
गम्भिर घाइते भएका मिशन श्रेष्ठ, अभ्यान महर्जन, एन्जल सुस्लिङ, श्रृष्टि तामाङ, स्वर्णिम श्रेष्ठ, कबिन राई, विलशन श्रेष्ठ, मन्जिल राई, कमला श्रेष्ठ र आयात श्रेष्ठ ट्रमा सेन्टरमा उपचार भइरहेको छ । त्यस्तै, बैवभ खड्का, प्रज्वल बस्याल, सुमित श्रेष्ठ, स्नेहा बस्याल, रक्षा गिरी, समिरा बस्याल र प्रणजित खड्काको भने भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै, श्रृष्टि थापा, दिपशिका तामाङ, कृजिया बस्याल र एमि रोक्काको दक्षिणकाली नगरअस्पताल चाल्नाखेल, सोनिया केसी, आराध्या मिश्रा, विगेश श्रेष्ठ र सिसम थापाको बल्खुस्थित बयोधा अस्पताल, सुमित्रा केसी, एड्रिना केसी र संस्कृति तिमिल्सिनाको कलंकीस्थित सहिद मेमोरियल अस्पताल र दिपक्षिका श्रेष्ठको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा घाइते र मृत्यु भएकाको विवरणः








प्रतिक्रिया