२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


चापागाँउ दोबाटोमा दुर्घटना, वालकको मृत्यु



ललितपुर
चापागाँउ दोबाटोमा एक गाडीले ठक्कर दिएपछि वालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका–१५ चापागाउँ दोबाटोस्थित सडकमा बा.प्र.– ३–०१–०२४ च ९१५५ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने मकवानपुर घर भएका १४ वर्षीय साहन मोक्तानको आइतबार बिहान मृत्यु भएको हो ।
आइतबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन अस्पताल लगनखेलमा उपचारको क्रममा मृत्यु भएको थियो ।
उक्त घटना लगत्तै गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ८ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।