१४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


विश्वका कम भ्रष्टाचार हुने सूचीमा नेपाल १०७औँ, नम्बर घट्दा पनि उक्लियो माथि



काठमाडौं । विश्वको भ्रष्टाचार सूचकांकमा नेपालले एक स्थान प्रगति गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले मंगलबार (माघ २९) १८० देशलाई समेटेर सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक–२०२४ प्रतिवेदनमा नेपाल १०७औँ स्थानमा छ । अर्थात्, नेपाल विश्वकै कम भ्रष्टाचार हुने राष्ट्रमा १०७औँ नम्बरमा पर्न सफल भएको छ । अघिल्लो वर्षको सूचीमा नेपाल १०८औँ स्थानमा थियो ।

यो वर्षको सूचीमा नेपालले एक स्थान प्रगति गरेको भए पनि प्राप्त नम्बर घटेको छ । गत वर्ष नेपालले कुल अंक ३५ पाएको । यो वर्षको सूचीमा नेपालले ३४ अंक प्राप्त गरेको छ ।

उक्त सूचकांकमा डेनमार्क विगत सात वर्षदेखि लगातार ९० अंक प्राप्त गरी विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकका रूपमा सूचीकृत छ । दक्षिण सुडान आठ अंक प्राप्त गरी यो वर्ष सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रूपमा अंकित छ । सूचकांकमा १०० ले ‘अति स्वच्छ’ र ० अंकले ‘अति भ्रष्ट’ जनाउँछ ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  १ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।