६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कालीमाटी तरकारी बजारमा मजदुरको हत्या



काठमाडौं । काठमाडौं कालीमाटी तरकारी बजारमा एक जना मजदुरको हत्या भएको छ। तरकारी बजारमा काम गर्ने मकवानपुरका ४१ वर्षीय रामकृष्ण दाहाल बुधबार बिहान मृत भेटिएको प्रहरीले जानकारी दिएको छ। उनको टाउको र शरीरमा चोटपटक देखिएको छ।

तरकारी बजारमा भारी बोक्ने काम गर्ने दाहालको हत्या आशंकामा प्रहरीले उनीसँगै बस्ने चार जनालाई नियन्त्रणमा लिएको छ।

बिहान कोठा नजिकै शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। अहिले कालीमाटी प्रहरी वृत्त र अपराध अनुसन्धान कार्यालयको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। कुटपिटबाट दाहालको हत्या भएको प्रहरीको अनुमान छ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  १ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।