८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको किर्तीपुरबाट बलत्कारको अभियोगमा एक युवक पक्राउ



काठमाडौं
काठमाडौंको किर्तीपुरबाट बलत्कारको अभियोगमा एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कीर्तिपुर नगरपालिका ३ पाँगादोबाटो बस्ने बझाङ सुर्मा गाउँपालिका–२ घर भएका २५ वर्षीय सुयोग बोहरालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
बोहराले एक किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ४ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।