काठमाडौं । नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवम् संविधानसभा सदस्य विदुर सापकोटाको निधन भएको छ । काठमाडौँको चावहिलस्थित हेल्पिङ ह्याण्ड अस्पतालमा उनको उपचारका क्रममा बिहीबार बिहान निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
पार्टीका पोलिटब्यूरो सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज तथा मण्डनदेउपुर नगरपालिकाका मेयर टोकबहादुर वाईबाले दिएकाे जानकारी अनुसार सापकोटाको पार्थिव शरिरलाई बिहान ८ देखि १० बजेसम्म पार्टी केन्द्रीय कार्यालय आलोकनगर तीनकुनेमा राखिएकाे छ । उनकाे आजै दाहसंस्कार गरिने बताइएकाे छ ।








प्रतिक्रिया