३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुर नरेफाटमा ट्याक्सी चालकको हत्यामा संलग्न मुख्य आरोपी पक्राउ



काठमाडौं । १६ वर्षअघि भक्तपुर नरेफाटमा ट्याक्सी चालकको हत्यामा संलग्न मुख्य आरोपी पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रे फोक्सीङटारका विरमान भुलन तामाङ रहेका छन्।

काभ्रेका ट्याक्सी चालक मेघ बहादुर तामाङ २०६६ माघ २६ गते मृत फेला परेका थिए। रोकिराखेको ट्याक्सीभित्र गलबन्दीले अठ्याएर हत्या गरिएको अवस्थामा उनको ट्याक्सी चालक तामाङको शव फेला परेको थियो।

आफूले चलाउँदै आएको ट्याक्सीभित्रै चालकको हत्या हुनुले उपत्यकाको सुरक्षा संवेदनशीलताको विषयमा चर्को आवाज उठेको थियो।

उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका प्रवक्ता काजीकुमार आर्चायका अनुसार २०६६ मंसिर २६ गते राति साढे १२ बजे तामाङको ट्याक्सी चार जनाको समूह्यले रिजर्भ गरेका थिए। उनीहरूले मदिरा सेवन गरेका थिए। ट्याक्सी चालक तामाङलाई पछाडि बसेका विरमान भुलनले गलबन्दीले गलामा कसेका थिए। उनलाई डर त्रास देखाई नरेफाटमा लगी खुट्टा बाँधेर हत्या गरेका थिए।

उनीहरूले मोबाइल र रकम लुट्नका लागि हत्या गरेका प्रवक्ता आचार्यले बताए। हत्यापश्चात उनीहरूले २० हजार नगद लगेका थिए।
घटनापछि उनीहरू फरार भए। दुई जना तत्काल पक्राउ परे पनि दुईजना भने फरार थिए। घटनाको १५ वर्षपछि विरमान ललितपुरको सुनाकोठीबाट पक्राउ परेका हुन्। ३७ वर्षीय विर मान सिं भुलन तामाङलाई कर्तव्य ज्यान मुद्दामा भक्तपुर जिल्ला अदालतले २०७८ भदौ ३ गते २० वर्ष कैद सजाय तोकेको थियो।

 

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  १० : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।