६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा ट्रकले साइकलयात्रीलाई ठक्कर दियो, ठूलो खोकनाका भीमरत्न महर्जनको मृत्यु



ललितपुर । ललितपुरमा ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर महानगरपालिका–२१ ठूलो खोकनाका ४९ वर्षीय भीमरत्न महर्जन छन् । ललितपुर महानगरपालिका–४ विष्णुदेवी मन्दिर नजिक सडकमा रा १ ख ९५१ नम्बरको ट्रकले महर्जन सवार साइकललाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते महर्जनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो । अस्पतालमै उपचारको क्रममा उनको मृत्यु भएको हो । ट्रक चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  १२ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।