६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बनेपा होटलमा २३ वर्षीया युवती मृत फेला, सँगै गएका युवक फरार



काठमाडौं । काभ्रे बनेपामा रहेको एक होटलमा युवती मृत भेटिएकी छन्। बनेपा नगरपालिका– ८ मा रहेको भ्यू पाहुना घर होटलमा २३ वर्षीया युवती बिहीबार साँझ मृत भेटिएकी हुन्।

मृत भेटिएकी युवती बनेपा नगरपालिका– ६ सुडोल निवासी २३ वर्षीया शर्मीला श्रेष्ठ रहेकी जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । होटलको दोस्रो तलामा रहेको कोठा नम्बर ११५ मा उनी मृत भेटिएकी हुन् ।

युवतीसँगै होटलमा गएका रामेछापका एक युवक करिब २५ मिनेटपछि कोठाबाट निस्किएको देखिएको प्रहरीले जनाएको छ । ती युवक अहिले फरार छन्। युवतीको हत्या भएको हो कि होइन, अनुसन्धानमै रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  १ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।