२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरको जगाती पुलमा मोटरसाइकलको ठक्कर दिएपछि बृद्धको निधन, तीन जना घाइते



भक्तपुर

अरनिको राजमार्गस्थित जगाती पुलमा मोटरसाइकलको ठक्कर दिएपछि एक बृद्ध महिलाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् ।
प्रहरीका अनसार मोटरसाइकलको ठक्करबाट पैदलयात्री भक्तपुर नगरपालिका–७ गोलमढी बस्ने ७० वर्षीया तुलसीमाया तुसीबाखको शनिबार राति मृत्यु भएको हो ।
भक्तपुर सुर्यविनायक नगरपालिका–८ जगाती पुल नजिकै सडकमा जगातीबाट साँगातर्फ जाँदै गरेको बा.४१ प ३३४ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको सूर्यविनायक नगर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
साथै मोटरसाइकलको ठक्करबाट घाइते भएका अन्य ३ जनाको मध्यपुर अस्पताल थिमीमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ३ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।