१९ माघ २०८२, आइतबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


धुलिखेल अस्पतालको मनोचिकित्सा विभागको टिम नै निलम्बित



काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स (धुलिखेल अस्पताल) का चार चिकित्सक आत्महत्या दुरुत्साहनमा संलग्न भएको आरोपमा निलम्बनमा परेका छन्।

नेपाल मेडिकल काउन्सिलले अस्पतालको मनोचिकित्सा विभागका सबै चिकित्सक निलम्बन गरेको हो। काउन्सिलका रजिस्ट्रार एवं प्रवक्ता डा सतीशकुमार देवका अनुसार, यसरी अस्पतालको विभागको टिम नै निलम्बनमा परेको यो पहिलो घटना हो।

अस्पतालमा एमडी प्रथम वर्षमा अध्ययनरत एक विद्यार्थीको आत्महत्या दुरुत्साहनमा संलग्न भएको आरोपमा ती चिकित्सक निलम्बनमा परेका हुन्। निलम्बनमा पर्नेहरूमा अस्पतालको मनोचिकित्सा विभागका डा अजय रिसाल, डा दीपक कुँवर, डा वर्षा श्रेष्ठ र डा रिका रिजाल छन्।

उनीहरूले आत्महत्या प्रयास गर्ने विद्यार्थीलाई यातना दिएको आरोप छ। विद्यार्थीले फागुन ४ गते आत्महत्या प्रयास गरेका थिए।

काउन्सिलका रजिस्ट्रार देवले घटनाबारे अनुसन्धान भइरहेको बताए।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ६ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।