१९ माघ २०८२, आइतबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


टिकाथलीमा बोरिङ गर्ने क्रममा आगोको ज्वाला निस्कियो(भिडियोसहित)



काठमाडौं । ललितपुर टिकाथलीमा पानीको बोरिङ गर्ने क्रममा आगोको ज्वाला निस्किएको छ । बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला निस्किएको हो ।
स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरेका छन् । तर आगो निभेको छैन । आगो ननिभेकाले बोरिङ गर्ने काम रोकिएको छ ।

ललितपुर प्रहरी परिसरका प्रवक्ता नरहरि रेग्मीले बोरिङ खन्ने क्रममा ग्यास निस्किएको र त्यसमा आगो लागेको जानकारी आएको बताए ।
एक स्थानीयका अनुसार करिब ९ सय फिट खनिसकेपछि आगोको ज्वाला निस्किएको हो ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  १० : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।