१९ माघ २०८२, आइतबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


१२० थान खुकुरी चोरी गर्ने पक्राउ



काठमाडौं । खुकुरी चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा धादिङको धुनिबेशी नगरपालिका-५ घर भएका २७ वर्षीय राजकुमार तामाङ, रौतहटको रघुनाथपुर नगरपालिका-९ का ३३ वर्षीय शेख जफ्रे आलम र चपुर नगरपालिका–९ का २३ वर्षीय लाल मोहमद देवान छन् ।

उनीहरूलाई प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको हो । यो समूहले काठमाडौँ सीतापाइलामा भेषबहादुर कामीले सञ्चालन गरेको कारखानाबाट १२० थान खुकुरी चोरी गरेको आरोप छ ।

उनीहरूबाट प्रहरीले ४५ खुकुरी समेत बरामद गरेको छ । पक्राउ परेकाहरुविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ५ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।