६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


दक्षिण ललितपुरको शंखुमा हिमानी कोषद्वारा वालउद्यान निर्माणपछि हस्तान्तरण



ललितपुर
पुर्वयुवराज्ञी हिमानी शाहको सक्रियतामा सञ्चालनमा रहेको हिमानी कोषको सहयोगमा दक्षिण ललितपुरको शंखुमा निर्माण भएको वालउद्यान, शारीरिक व्यायामशाला र आकाशेपानी संकलन केन्द्र हस्तान्तरण गरिएको छ ।
शंखुस्थित मगरगाउँ माध्यमिक विद्यालयमा एक औपचारिक कार्यक्रमबीच हिमानी कोषले खेल सामग्री व्यायामशाला र आकाशेपानी संकलन केन्द्र सहयोग हस्तान्तरण गरेको हो ।
हिमानी कोषका प्रमुख कार्यकारी अधिकृत प्रदिपशमशेर राणा कानुनी सल्लाहकार अनिता के.सी, आर्थिक प्रमुख अदिती सिंह,दिपिका लाल्चन, सशांङ्कबहादुर सिंहको टोलीले सो परियोजना विद्यालयलाई हस्तान्तरण गरेको हो ।
कोषकी सदस्यसचिव शुभेच्छा शाहले आफूहरु थप साहयोग गर्न इच्छुक रहेको बताइन् ।

विद्यालयका प्रधानाध्यापक फुलध्वज लामाले कोषको सहयोगप्रति आभारी रहेको भन्दै धन्यवाद व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ११ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।