१ पुस २०८२, मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं महानगरले गुरागाईंलाई हाजिर नगराउने, कानुन सच्याउन पत्राचार



काठमाडौं । काठमाडौं महानगरपालिकाले सरोजप्रसाद गुरागाईंलाई सोही पदमा रही काम गर्न नदिने भएको छ । महानगरको प्रमुख प्रशासकीय अधिकृतको रुपमा गुरागाईलाई कार्यालयमा हाजिर भइ कार्यसम्पादनका लागि सहजीकरण गरिदिन सामान्य प्रशासन मन्त्रालयले लेखेको पत्रको जवाफमा महानगरपालिकाले उनलाई हाजिर भइ काम गर्न दिन नसकिने व्यहोराको पत्र मन्त्रालयमा पठाएको छ ।

गुरागाईले आफूले महानगरमा हाजिर भइ काम गर्न नपाएकोले यस सम्बन्धमा सहजीकरण गरिदिन भन्दै मन्त्रालयमा निवेदन दिएपछि मन्त्रालयले महानगरमा पत्राचार गरेको थियो । मन्त्रालयले ‘मन्त्रीस्तरीय निर्णय’ भन्दै उनलाई हाजिर हुन दिन गरेको आग्रहलाई महानगरले ‘प्रमुखस्तरीय निर्णय’ गर्दै अस्वीकार गरेको हो ।

काठमाडौं महानगरले गुरागाईंलाई हाजिर भइ कामकाज गर्न दिएमा उनले ‘त्रुटिपूर्ण’ कार्य गरेको परियोजना लगायत अन्य कार्यहरुमा समेत नकारात्मक प्रभावका साथै कानुनी झण्झट पर्ने भएकोले सो जिम्मा लिन वा स्थानीय सरकार संचालन ऐन २०७४ नै संशोधन गर्न वा अर्को प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था नहुन्जेल निमित्त प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गर्न मन्त्रालयलाई पत्राचार गरेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  १० : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।