१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सडकमा उत्रिएका राजावादीहरुले लगाए प्रधानमन्त्री ओलीविरुद्ध नारा



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन विमानस्थल परिसरमा पुगेका राजावादीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले ‘केपी चोर, देश छोड्, हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ, राजा आउ देश बचाउ’ लगायतका नाराबाजी गरेका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र आज पोखराबाट काठमाडौं आउने कार्यतालिका रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायतका राजावादी दल, संघ-संस्थाहरुले ज्ञानेन्द्रको स्वागतमा नागरिकहरु उतारेका हुन् । उनीहरुलाई विमानस्थल प्रवेश गर्न भने दिइएको छैन । सम्भावित सुरक्षा जोखिमलाई ध्यान दिएर विमानस्थल परिसरमा बाक्लो मात्रामा सुरक्षाकर्मीहरु तैनाथ गरिएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  १ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।