२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजावादीको प्रदर्शनले चाबहिल–तीनकुने सडक अस्तव्यस्त



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायतका राजावादी दल तथा संस्थाहरूको प्रदर्शनले काठमाडौंको सवारी आवागमन प्रभावित भएको छ।

प्रदर्शनकारीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर जम्मा भएपछि तीनकुने चाबहिल रुट प्रभावित भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बताएको छ ।

तीनकुने-चाबाहिल चक्रपथ सडकमा चल्ने सवारीलाई वैकल्पिक सडकमा पठाउन थालिएको छ। तीनकुनेबाट बानेश्वरतर्फ नै पठाइएको छ। सिनामंगलबाट पनि पुरानो बानेश्वर हुँदै धोवीखोला करिडोरको सडकतर्फ पठाइएको छ ।

विमानस्थलतर्फ भने टिकट भएका यात्रुलाई मात्रै पठाइएको पनि राउतले बताए। यता मालबहाक सवारीसाधानलाई भने कोटेश्वर र नयाँ बसपार्कमै रोकिएको छ।

पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किने भएपछि राजावादीहरूले प्रदर्शन थालेका छन्। साढे तीन बजे पोखराबाट चार्टड विमानमा काठमाडौं आउने शाह त्रिभुवन विमानस्थलबाट निर्मलनिवास फर्किने तयारी छ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ३ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।