काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबार साझा यातायातका ३१ सार्वजनिक सवारीसाधनको प्रदूषण परीक्षण गरेको छ, जसमा १२ वटा प्रदूषण मापदण्डमा असफल भएका छन् ।
राजधानीभित्र सञ्चालनमा रहेका सवारीसाधनको प्रदूषण नियन्त्रण अभियानअन्तर्गत महानगरले साझाको मुख्यालयमै पुगेर परीक्षण गरेको हो । परीक्षण कार्यमा ट्राफिक प्रहरीको पनि सहयोग रहेको थियो ।
यसअघि, महानगरले सञ्चालन गरेको व्यापक प्रदूषण जाँचमा ५९९ सवारीसाधन परीक्षण गर्दा ५८ प्रतिशत सवारी प्रदूषण मापदण्ड अनुरूप नरहेको पाइएको थियो । महानगरले प्रदूषण नियन्त्रणलाई प्राथमिकता दिँदै नियमित रूपमा सवारीसाधनको जाँच गरिरहेको छ ।








प्रतिक्रिया