ललितपुर
भर्खरै चलचित्र ‘डिग्री माइला ः एमए थर्ड क्लास’ युट्युबमार्फत प्रशारणमा आएको छ ।
झण्डै एक बर्षअघि गत वैशाख १ गते देशभरका चलचित्र भवनमा प्रर्दशन सुरु भएको यो चलचित्रको निर्देशन रामबाबु गुरुङले गरेका थिए ।
सोमबार साँझ सार्वजनिक भएको यो चलचित्र मंगबार अपरान्हसम्म ८ लाख ५५ हजारभन्दा धेरै पटक हेरिएको छ ।
चलचित्रमा अभिनेता दयाहाङ राई, अभिनेत्री आँचल शर्मा, विजय बराल, माओत्से गुरुङलगायतको अभिनय हेर्न पाइन्छ ।
बक्सअफिसमा राम्रो आम्दानी गर्न सफल यो चलचित्र शैक्षिक बेरोजगारको घमण्डलाई पर्दामा देखाइएको छ ।
निर्माता कम्पनी बाँसुरी फिल्म्सको युट्बुब च्यानलबाट फिल्म सार्वजनिक गरिएको हो । गएको भदौमा ‘डिग्री माइला’लाई सिनेमाघर ओटीटीमा प्रशारण गरिएको थियो ।







प्रतिक्रिया