२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरमा समेत देखियो डेङ्गी सङ्क्रमण, सतर्कता अपनाउन आग्रह



 

काठमाडौँ
पछिल्लो समय ललितपुरमा समेत डेङ्गी सङ्क्रमण देखिएपछि सतर्कता अपनाउन आग्रह आग्रह गरिएको छ ।इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले ललितपुरसहित १३ स्थानीय तहलाई डेङ्गी सङ्क्रमणबाट बच्न सर्तकता अपनाउन आग्रह गरेको छ । महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले ती १३ स्थानीय तहमा डेङ्गी सङ्क्रमण देखिएकाले सतर्कता अपनाउन आग्रह गरिएको बताएका छन् ।

“हामीले पुस यता सबै स्थानीय तहको डेङ्गी सङ्क्रमणको अवस्थाको अध्ययन गरिरहेका छौँ”, शाखाका प्रमुख डा दाहाललेले भने, “अन्य स्थानीय तहमा फाट्टफुट्ट डेङ्गी सङ्क्रमण देखिएका छन् । तर यी १३ स्थानीय तहमा पाँच वटासम्म सङ्क्रमण देखिएको सतर्कता अपनाउन पत्राचार गरेका छौँ ।”

उहाँका अनुसार ललितपुरको ललितपुर महानगरपालिका, ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका, झापाको भद्रपुर नगरपालिका, विर्तामोड नगरपालिका, मेची नगरपालिका र कचनाकेवल गाउँपालिका, सुनसरीको धरान उमहानगरपालिका म्याग्दीको वेनी नगरपालिका, चितवनको भरतपुर महानगरपालिका, रूपन्देहीको बुटवल उपमहानगरपालिका, मकवानपुरको हेटौँडा उपमहानगरपालिका र सिन्धुलीको कमलामाई नगरपालिकारहेका छन् ।

पुस यता करिव ६ सय जनामा सङ्क्रमण देखिएको थियो । शाखा प्रमुख डा दाहालले अहिलेको पानीले केही सङ्क्रमण नबढाउने बताएका छन् । “अहिलेको पानी डेङ्गी सार्ने लामखुट्टे फैलिने छैन । एक छिन आउने त्यसपछि नआउने खालको छ”, उनले भने, “त्यसैले अहिलेको पानीमा डेङ्गी सार्ने लामखुट्टे फैलिने सक्दैन । सङ्क्रमणको जोखिम कम छ ।

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फूल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेङ्गी सङ्क्रमण लाग्दछ ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ९ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।