१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कोटेश्वरबाट चोरीका मोबाइल, ल्यापटपसहित ७ जना पक्राउ



काठमाडौं । भक्तपुरको ठिमीबाट कोटेश्वर आउने क्रममा सार्वजनिक बसमा सवार यात्रुको मोबाइल चोरी गरेको सूचनाका आधारमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार बेलुका कोटेश्वर चोक नजिकबाट पाकेटमारी गरी भाग्ने क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकाहरूले चोरीका मोबाइल भक्तपुर जगातीस्थित सरोज मोबाइल रिपेयरिङ सेन्टरमा बेच्ने गरेको खुलेको छ। उक्त रिपेयरिङ सेन्टरमा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा विभिन्न कम्पनीका २७१ मोबाइल, ९ ट्याब र १५ ल्यापटप बरामद भएको छ। रिपेयरिङ सेन्टर सञ्चालकसहित ७ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ७ चैत्र २०८१, शुक्रबार  ४ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।