५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


एक्सटर्सनको आरोपमा भक्तपुरबाट एक जना पक्राउ



काठमाडौं । आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसुर उद्योगमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सर्लाही धनकौल गाउँपालिका-२ ठेगाना भई भक्तपुर सूर्यविनायक नगरपालिका-२ लोकन्थली बस्ने सुदिप कुमार साह गुप्तालाई प्रहरीले पक्राउ गरेको हो ।

आपराधिक लाभ लिने उद्देश्यसहित योजनाबद्ध तवरले धाक धम्की दिई अपहरण समेत गर्ने डर त्रास देखाई रकम माग गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न गुप्तालाई काठमाडौं महानगरपालिका-३२ कोटेश्वर महादेवस्थानबाट पक्राउ गरेको बताइएको छ । उनलाई आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसुर उद्योगमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसरकाठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शनिबार  ५ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।