१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


जात्रा प्रभावित हुनेगरी सभा र कार्यक्रम नगर्न महानगरको अनुरोध



काठमाडौं । काठमाडौं महानगरपालिकाले चैत्र १५ गते शुक्रबार काठमाडौंमा मनाइने महत्त्वपूर्ण जात्रा पाहाँचन्हेलाई अवरोध हुनेगरी कुनै पनि सभा र सम्मेलन जस्ता कार्यक्रम नगर्न अनुरोध गरेको छ । बिहीबार महानगर प्रहरी बलले एक विज्ञप्ति जारी गर्दै जात्रालाई प्रभावित हुने कार्यक्रमहरू नगर्न अनुरोध गरेको हो ।

विज्ञप्तिमा काठमाडौंको यतखा, कोठाननी, यतखा, तमोगल्ली, भण्डार, मजाःदेयगःमरू, बसन्तपुर, ढोकाटोल, चसान, लाखःगल्ली, दमाई टोल, क्लब छँय, सुन्तागल्ली, मुगल्ली, कँकेश्वरी मन्दिर लगायतका स्थानमा सभा र कार्यक्रम नगर्न अनुरोध गरिएको छ ।

 

प्रकाशित मिति : १३ चैत्र २०८१, बिहिबार  ११ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।