५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कोटेश्वरको भाटभटेनीमा लुटपाट र तोडफोड, एकीकृत समाजवादीको कार्यालयमा पनि आगजनी



काठमाडौं । प्रदर्शनकारीहरूले कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा लुटपाट र तोडफोड गरेका छन्।

राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरबितर भएको उक्त समूहले सुरक्षा गार्डमाथि हातपात गर्दै सुपरस्टोरभित्र प्रवेश गरेको थियो। त्यसपछि उनीहरूले सामान लुटपाट गरी बाहिर निकालेर आगजनीसमेत गरेका थिए।

सञ्चालकले सुरक्षा माग गर्दै प्रहरीलाई बोलाए पनि प्रहरी समयमै नआएको गुनासो गरेका छन्।

यसैबीच, सोही समूहले तीनकुने नजिकैको आलोकनगरमा रहेको एकीकृत समाजवादीको कार्यालयमा पनि आगजनी गरेको छ।

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  ५ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।