५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीको कर्फ्यु हटाइयो



काठमाडौँ
स्थानीय प्रशासन ऐन, २०२८ को दफा (६)क बमोजिम काठमाडौँ प्रशासनले शुक्रबारदेखि तीनकुने क्षेत्रमा जारी गरेको कफ्र्यु आदेश आज बिहान ७ बजेदेखि हटेकोे छ ।

काठमाडौँ महानगरपालिका तीनकुने आसपास चारकिल्ला तोकी जारी भएको आदेश आज बिहान ७ बजेदेखि स्थगन गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिएका छन् ।

सो सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी जारी गरिएको हिजो तीनकुनेमा भएको झडपपछि बानेश्वर तिनकुने क्षेत्र, गौशालादेखि एयरपोर्ट, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वरसम्म, कोटेश्वरदेखि जडीबुटी पुलसम्म, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शङ्खमूल पुलसम्म, गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म कफ्र्यु आदेश जारी भएको थियो ।

 

प्रकाशित मिति : १५ चैत्र २०८१, शनिबार  ७ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।