११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सानोठिमी क्याम्पसका स्ववियु अध्यक्ष ठगुन्नामाथि आक्रमण



काठमाडौं । भक्तपुरको सानोठिमी क्याम्पसका नवनिर्वाचित स्ववियु अध्यक्ष नरेन्द्रसिंह ठगुन्नामाथि आक्रमण भएको छ।

अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्लले सामाजिक सञ्जाल फेसबुकमार्फत ठगुन्नामाथि आक्रमण भएको बताएका हुन्। माओवादी केन्द्रका नेता समेत रहेका मल्लले तस्बिर सार्वजनिक गर्दै आक्रमणको निन्दा गरेका छन्।

अखिल (क्रान्तिकारी)का नेता समेत रहेका ठगुन्नाको चिउडो र आँखा नजिक चोट लागेको सार्वजनिक तस्बिरमा देख्न सकिन्छ। उनीमाथि शनिबार राति आक्रमण भएको मल्लले जानकारी दिएका छन्। घटनाबारे थप जानकारी आउन बाँकी रहेको उनले बताए।

प्रकाशित मिति : २३ चैत्र २०८१, आइतबार  १२ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।