५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंको वायु प्रदूषण पहिलो स्थानबाट १०औं स्थानमा झर्‍यो



काठमाडौं । काठमाडौंको वायु प्रदूषण घटेको छ। उपत्यकमा हिजो साँझदेखि छिटपुट वर्षासँगै सामान्य हावाहुरीसमेत चलेकाले वायु प्रदूषण कम भएको हो।

काठमाडौंमा बुधबार दिउँसोदेखि छिटपुट वर्षा सुरु भएको थियो। गएराति र आज बिहान पनि काठमाडौंमा सामान्य हावाहुरीसँगै वर्षा भएको छ।

हिजोसम्म वायु प्रदूषण मापनमा विश्वमै पहिलो स्थानमा रहेको काठमाडौं उपत्यका आज १० औँ स्थानमा झरेको छ।

विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार बिहीबार बिहान साढे ६ बजेको मापन अनुसार काठमाडौँको समग्र एक्यूआई १५२ छ।

यतिबेला वायु प्रदूषणको दृष्टिले पाकिस्तानको लाहोर पहिलो र चीनको साङघाई दोस्रो स्थानमा छन्। चीनकै बेइजिङ तेस्रो स्थानमा छ।

 

प्रकाशित मिति : २७ चैत्र २०८१, बिहिबार  ९ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।