५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


साँगामा पहिरो खस्दा भक्तपुर सडकखण्ड ठप्प



भक्तपुर । भक्तपुर खण्डमा सवारीसाधन आवतजावत ठप्प भएको छ। बिहीबार बिहानैदेखि राजमार्ग खण्ड अन्तर्गत महानगरीय प्रहरी बृत जगातीले जगातीबाट माथि सवारीसाधन पठाउन रोकेको हो।

प्रहरीका अनुसार राजमार्ग खण्ड अन्तर्गत साँगामा पहिरो गएको छ। पहिरोका कारण आवतजावत अवरुद्ध छ। यही कारण गाडीहरूलाई जगातीमै रोकेको छ।

पहिरोले मोटरसाइकलसम्म पनि पास नभएको जनाइएको छ। यस कारण साँगाबाट माथि बनेपा जाने मोटरसाइकलसम्मलाई पनि प्रहरीले रोकेको छ।

 

प्रकाशित मिति : २७ चैत्र २०८१, बिहिबार  ९ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।