११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चिडियाखाना बेलुका ८ बजेसम्म खुल्ने



ललितपुर । नयाँ वर्ष २०८२ सालदेखि जावलाखेलस्थित सदर चिडियाखाना बेलुकी ८ बजेसम्म खुल्ने भएको छ। चिडियाखानाद्वारा आयोजित कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जनताको मागअनुसार आगामी वैशाख १ गतेदेखि चिडियाखाना बेलुका ८ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए।
उनले यो चिडियाखाना साँघुरो भएकाले विस्तारका लागि सूर्यविनायकमा खुला चिडियाखानाको प्रावधानअनुसार आवश्यक काम भइरहेको बताए। कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सदर चिडियाखाना ललितपुरको गहना भएको बताउँदै यसको सम्बद्र्धनमा सबैलाई हातेमालो गर्न आग्रह गरे ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बिहिबार  ४ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।