२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


टोखा २५ करोड प्रकरणमा ट्रक चालक कुसाङ लामा कारागार चलान



काठमाडौं । टोखाबाट २५ करोड रुपैयाँ बराबरको डलर र युरोसहित पक्राउ परेका ट्रक चालक कुसाङ लामा कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको एकल इजलासले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।

टोखा नगरपालिका–१ झोर क्षेत्रबाट चैत ४ गते मालवाहक ट्रकको अगाडि चालक क्याबिनमा फल्स बटनमा लुकाएर राखिएको मुद्रासहित लामालाई पक्राउ गरिएको थियो । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका-१ घर भएका ४३ वर्षीय लामा यसअघि पनि सुन काण्डमा जेल बसेर छुटेका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  १ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।