५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


राप्रपाको आन्दोलन बानेश्वरमा मात्र



काठमाडौं । राप्रपाले राजसंस्था पुनर्स्थापनाको मागसहित आज गर्न लागेको आन्दोलनको रणनीति परिवर्तन गरेको छ। यसअघि तीन ठाउँबाट शक्ति प्रदर्शन निकाल्ने तयारी गरेको थियो।

तर, अहिले बसेको नेताहरूको अनौपचारिक बैठकले बिजुली बजारमा मात्रै केन्द्रित हुने निर्णय गरेको राप्रपाका एक नेताले बताए। उनका अनुसार अब बालुवाटार र भद्रकालीबाट र्‍याली ननिस्किने बताइएको छ ।

सशक्त आन्दोलनमा होमिएको राप्रपाले पहिलो दिनमै निषेधित क्षेत्र तोड्ने तयारी गरेको छ । प्रदर्शनका लागि राप्रपा नेता कार्यकर्ता तथा राजसंस्थाका समर्थकहरू अहिले बिजुली बजारमा भेला हुन थालेका छन्। त्यहाँबाट अध्यक्ष राजेन्द्र लिङदेनले नेतृत्व सम्हाल्नेछन् ।

र्‍याली बिजुली बजारबाट बानेश्वरतिर आएर निषेधित क्षेत्र तोड्ने तयारी गरेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  १२ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।