१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ताप्लेजुङ घटना: घाइते ललितपुरका २ जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी



काठमाडौं । एकै परिवारका तीन जना र गाडी चालकसहित चार जनाको ज्यान जाने गरी सोमबार बिहान ताप्लेजुङमा भएको दुर्घटनाका मृतकहरूको शव सदरमुकाम फुङलिङ ल्याइएको छ।

मृतक सबैको शव घटनास्थलभन्दा १२ किलोमिटर दक्षिण सदरमुकाम ल्याइएको हो। ताप्लेजुङको फुङलिङ नगरपालिका–१० स्थित काफ्लेपाटी सडक खण्डमा पाथीभरा दर्शनका लागि जाँदै गरेको बोलेरोमा करेन्ट लागेर आगलागी हुँदा मृत्यु भएका तीन जना एकै परिवारका सदस्य हुन्।

ताप्लेजुङ प्रहरीका अनुसार झापा भद्रपुर–८ स्थित अस्पताल चोकका ७० वर्षीय विनोद पौडेल, उनकी ६९ वर्षकी श्रीमती सरिता पौडेल, उनीहरूकी छोरीतर्फकी नातीनी ललितपुर महानगरपालिका–१० की १६ वर्षीया आध्या आचार्यको मृत्यु भएको थियो। गाडी चालक फुङलिङ नगरपालिका–१० का दुर्गा भट्टराईको पनि मृत्युु भएको ताप्लेजुङ प्रहरीले जनाएको छ।

दुर्घटनामा पौडेल दम्पतीकी छोरी ललितपुरकी वर्ष ४५ वर्षीया सबिना आचार्य र नाती वर्ष १० का अबियम आचार्य घाइते छन्। उनीहरूको अहिले जिल्ला अस्पताल फुङ्लिङमा उपचार भइरहेको छ।

उनीहरूलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ९ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।