८ भदौ २०८३, सोमबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


रसिया पठाइदिन्छु भन्दै ठगी गर्ने ललितपुर महालक्ष्मी बस्ने उमेश भोलोन पक्राउ



ललितपुर । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका-४ बस्ने बारा जीतपुरसिमरा उपमहानगरपालिका-१६ का २७ वर्षीय उमेश भोलोन रहेका छन्।

उमेशले रसिया पठाइदिन्छु भन्दै ४ जना पीडितबाट ३ लाख ४० हजार रुपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई टेकुबाट पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ४ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।