२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


तीनकुने घटनाः भुईंका स्याउ, सुन्तला टिप्ने १३ जना हाजिरी जमानीमा रिहा



काठमाडौं । तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा भाटभटेनी तोडफोड हुँदा भुईंका स्याउ, सुन्तला टिपेको आरोपमा पक्राउ परेका १३ जना हाजिरी जमानीमा रिहा भएका छन्। जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा रहेका उनीहरुलाई हाजिरी जमानीमा छाडिएको हो।

यसअघि सो घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ८ जनालाई हाजिरी जमानीमा रिहा गरिएको थियो। योसँगै हाजिरी जमानीमा रिहा हुनेको संख्या २१ पुगेको हो।

उनीहरूलाई हाजिरी जमानीमा छाडिए पनि अनुसन्धान भने अघि बढ्ने प्रहरीले बताएको छ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ३ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।