५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर बाडेगाउँस्थित विश्वास नेपाल रिह्याब सेन्टरमा पुरूषको मृत्यु



ललितपुर । ललितपुर सुधार केन्द्रमा रहेका एक पुरूषको मृत्यु भएको छ। गोदावरी नगरपालिका–४ बाडेगाउँस्थित विश्वास नेपाल रिह्याब सेन्टरमा एक जना पुरूषको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका आरूबारी घर भएका ४८ वर्षीय दावा घिसिङको मृत्यु भएको हो। मध्यपान दुव्र्यसनी उनलाई तीन दिन अघि मात्रै त्यहाँ लगिएको थियो। शनिबार राति साढे १० बजेतिर उनको मुखबाट फिज निस्किएपछि उपचारका लागि भनेर उक्त रिह्याबका सञ्चालकसहित तीन जनाले बाडेगाउँस्थित नमस्ते अस्पतालमा पु¥याएका थिए।

उपचारको क्रममा चिकित्सकले राति ११ बजेतिर मृत घोषणा गरेको थियो । । मृतक घिसिङलाई यसअघि सात महिना अघि पनि त्यही रिह्याबमा लगिएको थियो। प्रहरीले यसको अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ९ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।