१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण कोरिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा काठमाडौंबाट महिला पक्राउ



काठमाडौं । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको कानेपोखरी गाउँपालिका-२ घर भई हाल काठमाडौं महानगरपालिका-३२ बस्ने मुना कार्की रहेकी छन् ।
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर रोजगारीका लागि दक्षिण कोरिया लैजाने भन्दै लामो समयसम्म झुक्याई सम्पर्कविहीन भएकी उनलाई काठमाडौंबाट पक्राउ गरिएको हो ।

उनले एक जना पीडितबाट ३ लाख ४० हजार रूपैयाँ ठगी गरेको उजुरी परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। पक्राउ परेकी कार्कीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ८ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।