बुढानिलकण्ठमा आज मोटरसाइकल दुर्घटनामा हुँदा अपरिचित युवकको निधन भएको छ भने चालक घाइते भएका छन् ।
प्रहरकिा अनुसार बुढानिलकण्ठ नगरपालिका ५ बिष्णुमती पुलस्थित सडकमा बा.८४ प ४५४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना भएको थियो । सोही मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका अन्दाजी २२ वर्षीय पुरूषका निधन भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिबि शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।








प्रतिक्रिया