१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


७० लाख ठगेको आरोपमा ललितपुरकी सम्पूर्ण केसीसहित ४ जना पक्राउ



काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै लाखौँ ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–५ का ३९ वर्षीय सम्पूर्ण केसी, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–३ का २९ वर्षीय सुजन गिरी, पाल्पा रम्भा गाउँपालिका–५ का ५८ वर्षीय शिरबहादुर बराल र काठमाडौं तार्केश्वर नगरपालिका–४ की ३३ वर्षीया सरस्वती देवकोटा रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

सम्पूर्णले बेलायत पठाइदिने भन्दै रु ३५ लाख, सुजनले बेलायत पठाइदिने भन्दै रु २६ लाख ६५ हजार, शिरबहादुरले दक्षिणकोरिया पठाइदिने भन्दै रु सात लाख ५० हजार र सरस्वतीले युएई पठाइदिने भन्दै रु एक लाख लिई सम्पर्कविहीन भएको भनेर पीडितहरुले दिएको उजुरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । काठमाडौं)का विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी थप आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  १० : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।