३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


हटौंडामा जमिनमुनि भासिएको गाडी भेटिएन



काठमाडौं । मकवानपुर हेटौँडा उपमहानगरपालिका गैरीगाउँमा गत शुक्रबार जमिन भासिँदा बेपत्ता भएको बोलेरो भ्यान फेला नपरेपछि खोजी कार्य तत्कालका लागि स्थगित गरिएको छ।

गत शुक्रबार दिउँसो करिब १ बजे जमिन भासिएर गाडी बेपत्ता भएपछि प्रहरी र स्थानीयले तीन दिनसम्म खोजी गरेका थिए। गाडी नभेटिएपछि हेटौंडा उपमहानगरपालिकाको आग्रहमा खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा टोलीले मङ्गलबारदेखि स्थलगत अध्ययन सुरु गरेको थियो।

बुधबार दिउँसोसम्म अध्ययन गरे पनि गाडी दबिएको क्षेत्र वरपरको जमिन थप भासिन थालेपछि सुरक्षा जोखिमका कारण खोजी कार्य रोकिएको अधिकारीले जानकारी दिए।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ४ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।